लोकप्रिय बन्यो पशुपति शर्माको ‘सारङगी र्याई र्याई’ (भिडियोसहित)
काठमाडौं, जेठ १० : सधै चर्चामा रहेका लोकगायक पशुपति शर्मालाई ‘सारङगी र्याई र्याई’ बोलको गीत थप चर्चाको शिखरमा पुर्याएको छ ।उनको हालसालै सार्बजनिक...
काठमाडौं, जेठ १० : सधै चर्चामा रहेका लोकगायक पशुपति शर्मालाई ‘सारङगी र्याई र्याई’ बोलको गीत थप चर्चाको शिखरमा पुर्याएको छ ।
उनको हालसालै सार्बजनिक उक्त गीत युटुब र सामाजिक सञ्जालहरुका साथै ‘टिकटक’ मा समेत उतिकै चर्चामा रहेको छ । कोरोना महामारीका कारण गरिएको निषेधाज्ञाका कारण पनि यस गीतमा टिकटक बनाएर अपलोड गर्नेको संख्या पनि वढिरहेको छ ।
गीत सार्बजनिक भएपश्चात निरन्तर युटुब ट्रेडिङमा रहेको यो गीत अहिलेपनि ट्रेडिङको २ नम्बरमा रहेको छ । जुन गीतले यो समाचार बनाउँदासम्म करिब २८ लाख दर्शकको माया पाईसकेको छ ।
शर्माको लय, शब्द र स्वर रहेको यस गीतमा शर्मालाई आवाजमा अर्की चर्चित गायिका सम्झना भण्डारीले साथ दिएकी छिन् । निकै रुचाईएको गीतको भिडियोमा स्वंयम सर्जक शर्मा र मोडल करिष्मा ढकालको अभिनय देख्न सकिन्छ ।
प्रकाशित मिति: १९:५७ बजे, सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












