एमालेका वरिष्ठ नेताद्वय खनाल र नेपालसहित ११ जना साधारण सदस्यबाटै निष्काशित
नेकपा एमालेले वरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गर्ने निर्णय गरेको छ ।
काठमाडौं, जेठ १० : नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनाल र माधव कुमार नेपालसहित ११ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरि निष्कासन गर्ने निर्णय गरेको छ ।
आज बसेको स्थायी कमिटी बैठकले खनाल र नेपालसहित विघटित संसदका ११ जना सांसदलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गरेको हो ।
निष्कासन पर्नेमा नेता खनाल र नेपालसहित भीमवहादुर रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिला खान, निरादेवी जैरु, लक्ष्मीकुमारी चौधरी र १ कल्याणीकुमारी खड्का रहेका छन् ।
पार्टीविरूद्द गतिविधि गरेकोमा सोधिएको स्पष्टीकरण चित्तबुझ्दो नदिएकाले पार्टीबाट निश्कासन गर्ने निर्णय गरिएको बताईएको छ ।
१२ जनालाई सोधियो स्पष्टिकरण
यस्तै, कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन र आफ्नो सरकार ढाल्न हस्ताक्षर गर्ने थप १२ जना नेतालाई पनि कारवाही प्रक्रिया अघि बढाएको छ ।
सोमबार बसेको स्थायी कमिटी बैठकले विघटित प्रतिनिधिसभाका सदस्यहरु जो देउवाको पक्षमा रिट लिएर गए उनीहरुलाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
यसरी स्पष्टिकरण सोधिएकामा विरोध खतिवडा, जीवनराम श्रेष्ठ, घनश्याम भुसाल, सोमप्रसाद पाण्डे, कृष्णलाल महर्जन, झपट रावल, झलनाथ खनाल, यज्ञ सुनुवार, भवानी प्रसाद खापुङ, सुरेन्द्र पाण्डे, मेटमणि चौधरी, नारायण खतिवडा र दिपक प्रकाश भट्ट रहेका छन् ।




-1790252522.jpg)




-1790252522.jpg)

