Kathmandu Press

नागरिकतासम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन ‘विप्लव’को माग

काठमाडौं, जेठ १० : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नागरिकतासम्बन्धी अध्यादेश तत्काल फिर्ता गर्न माग गरेको छ ।पार्टीका महासचिव नेत्रविक्रम चन्दले आज एक...
नागरिकतासम्बन्धी अध्यादेश तत्काल फिर्ता लिन ‘विप्लव’को माग

काठमाडौं, जेठ १० : नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले नागरिकतासम्बन्धी अध्यादेश तत्काल फिर्ता गर्न माग गरेको छ ।

पार्टीका महासचिव नेत्रविक्रम चन्दले आज एक विज्ञप्ति निकालेर तत्काल उक्त अध्यादेश फिर्ता गर्न माग गरेका हुन् । हरेक नेपाली नागरिकले सहज ढङ्गले आफ्नो देशको नागरिकता पाउनु जन्मसिद्ध अधिकार भए पनि सत्ता सङ्कट टार्नकै लागि सरकारले नागरिकतासम्बन्धी अध्यादेश ल्याएकाले आफ्नो गम्भीर ध्यानाकर्षण भएको महासचिव चन्दले बताएका छन् ।

जेठ ९ गते प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी थिईन् ।

चन्दले राष्ट्रिय महत्त्व एवम् जनसरोकारका विषयमा निर्णय लिँदा जनमतलाई बुझ्न र विज्ञहरूको व्यापक परामर्श लिन आवश्यक रहेको भन्दै त्यसो गर्नुको सट्टा सरकारले आफ्नो सत्ता सङ्कट टार्न, कुर्सी जोगाउन र कसैलाई खुसी पार्नका लागि मात्रै निर्णयहरू सार्वजनिक हुने गरेको उनको आरोप छ ।
 

प्रकाशित मिति: १८:१२ बजे, सोमबार, जेठ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्