स्वास्थ्य संकटकाल लगाउनेबारे छलफल भइरहेको छ : स्वास्थ्यमन्त्री त्रिपाठी
काठमाडौं, जेठ १० : स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले देशमा राजनीतिक हलचल भए पनि आफू र आफ्नो मन्त्रालय निरिन्तर कोरोना महामारीको युद्धमा होमिएको बताएका...
काठमाडौं, जेठ १० : स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले देशमा राजनीतिक हलचल भए पनि आफू र आफ्नो मन्त्रालय निरिन्तर कोरोना महामारीको युद्धमा होमिएको बताएका छन्।
सोमबार भर्चुअल पत्रकार सम्मेलन आयोजना गरी उनले कोरोना महामारीको दोस्रो लहर अझै एक महिनासम्म तीव्र गतिमा फैलिन सक्ने उल्लेख गर्दै रोकथामका लागि स्वास्थ्य संकटकाल लगाउनेबारे छलफल भइरहेको बताए।
मन्त्री त्रिपाठीले व्यक्तिहरुको आवतजावतमा प्रभावकारी नियन्त्रणमा नआएको र केही सेवा सञ्चालनमै रहेकाले संक्रमण दर अपेक्षाकृत रुपमा नियन्त्रणमा आउन नसकेको बताए। आगामी चार सातापछि संक्रमण क्रमशः घट्दै जान सक्ने आँकलन उनले गरे।
उनले कोरोनाविरुद्धको खोप खरिदका सन्दर्भमा अमेरिका, बेलायत, चीन, रुसलगायत मुलुकसँग सकारात्मक छलफल भइरहेको बताए। खोप खरिदका लागि राजनीतिक, कूटनीतिक व्यक्तिगत तवरबाट निरन्तर पहल भइरहेको उनले बताए। त्यसबारे केही देशहरुसँगको छलफल अन्तिम चरणको पुगेको बताए।
युरोपेली संघसँग मौज्दातमा रहेको खोप ल्याउने विषयमा समते छलफल भइरहेको उनको भनाइ थियो।
मन्त्री त्रिपाठीले कोभिड-१९ नियन्त्रण तथा व्यवस्थापनमा स्वास्थ्य मन्त्रालयबाट मात्रै अहिलेसम्म ५ अर्ब २७ करोड ७२ लाख ८३ हजार रुपैयाँ खर्च भइसकेको जानकारी दिए।
उनले पिसिआर किट, एन्टिजेन किट, मास्क, गाउन, सर्जिकल पन्जा, औषधि, उपकरणलगायत खरिद तथा कोभिड-१९ रोकथामका लागि गरिएका विभिन्ँन क्रियाकलापमा त्यति रकम खर्च भएको स्पष्ट पारे।
उनले कोरोना नियन्त्रणमा भइरहेको खर्चबारे बेलाबेलामा श्वेतपत्र जारी गर्ने प्रतिबद्धता पनि व्यक्त गरे।




-1790252522.jpg)




-1790252522.jpg)

