Kathmandu Press

कोरोना संक्रमणबाट डीएसपी समीरचन्द्र खरेलको निधन

काठमाडौं, जेठ १० : कोरोना संक्रमणका कारण प्रहरी नायब उपरीक्षक (डीएसपी) समीरचन्द्र खरेलको आज (सोमबार) अपराह्न मृत्यु भएको छ। उनी दुई सातायता महाराजगन्जस्थित नेपाल प्रहरी...
कोरोना संक्रमणबाट डीएसपी समीरचन्द्र खरेलको निधन

काठमाडौं, जेठ १० : कोरोना संक्रमणका कारण प्रहरी नायब उपरीक्षक (डीएसपी) समीरचन्द्र खरेलको आज (सोमबार) अपराह्न मृत्यु भएको छ। 

कोरोना संक्रमण पुष्टि भएपछि उनी दुई सातायता महाराजगन्जस्थित नेपाल प्रहरी अस्पतालको भेन्टिलेटरमा उपचाररत थिए। प्रहरी महानिरीक्षकको सचिवालयले खरेलको मृत्यु भएको पुष्टि गरेको हो। 

२०५१ सालमा प्रहरी सहायक निरीक्षकबाट प्रहरी सेवामा प्रवेश गरेका खरेल २०५८ सालमा प्रहरी निरीक्षक बनेका थिए। उनी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा कार्यरत थिए।

केही दिनअघि मात्रै महानगरीय प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी नायब उपरीक्षक राजकुमार केसीको पनि कारोना संक्रमणकै कारण मृत्यु भएको थियो।

प्रकाशित मिति: १७:३९ बजे, सोमबार, जेठ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्