Kathmandu Press

प्रतिनिधिसभा विघटनको समर्थन र विरोधमा सर्वोच्च अदालतमा २९ थान रिट

काठमाडौं, जेठ १० : प्रतिनिधिसभा विघटनको समर्थन र विरोधमा सर्वोच्च अदालतमा २९ थान रिट दायर भएका छन्।प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने माग गर्दै परेका रिट...
प्रतिनिधिसभा विघटनको समर्थन र विरोधमा सर्वोच्च अदालतमा २९ थान रिट

काठमाडौं, जेठ १० : प्रतिनिधिसभा विघटनको समर्थन र विरोधमा सर्वोच्च अदालतमा २९ थान रिट दायर भएका छन्।

प्रतिनिधिसभा पुनःस्थापना हुनुपर्ने माग गर्दै परेका रिट २७ वटा छन् भने २ थान रिट केपी ओलीलाई संविधानको धारा ७६ (५) अनुसारको प्रधानमन्त्री नियुक्ति माग गर्दै दर्ता भएका छन्।

विपक्षी गठबन्घनका तर्फबाट पाँच दलले संविधानको धारा ७६ (५) अनुसार कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश माग गर्दै एउटा रिट दायर गरेका छन्।

सो रिटमा प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय खारेज गर्न र संसद अधिवेशनको मिति तोक्न पनि परमादेश माग गरिएको छ।

त्यसबाहेक प्रतिनिधि पुन:स्थापनाको माग गर्दै विभिन्न कानुन व्यवसायीहरूबाट २६ थान रिट दायर भएका छन्। 

दर्ता गरिएका रिटमध्ये अधिकांशको सुनुवाइ संवैधानिक इजलासमा हुनुपर्ने जिकिर गरिएको र केही निवेदन सामान्य इजलासमा दर्ता भएको सर्वोच्च प्रशासन स्रोतले जनाएको छ।

प्रकाशित मिति: १७:१० बजे, सोमबार, जेठ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्