Kathmandu Press

डा. केसीले भने– प्रधानमन्त्रीको संरक्षणमा बीएन्डसीका सञ्चालकबाट आफ्ना मिडिया संयोजकमाथि आक्रमणको धम्की

काठमाडौं, जेठ १० : चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले आफ्नो अभियानका मिडिया संयोजक प्रितम सुवेदीमाथि झापास्थित प्रस्तावित बिएन्डसी मेडिकल कलेजका...
डा. केसीले भने– प्रधानमन्त्रीको संरक्षणमा बीएन्डसीका सञ्चालकबाट आफ्ना मिडिया संयोजकमाथि आक्रमणको धम्की

काठमाडौं, जेठ १० : चिकित्सा शिक्षा क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीले आफ्नो अभियानका मिडिया संयोजक प्रितम सुवेदीमाथि झापास्थित प्रस्तावित बिएन्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंले भौतिक आक्रमणको धम्की दिएको प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।

सोमबार एक विज्ञप्ति जारी गर्दै उनले डा. केसीले प्रधानमन्त्री केपी ओलीले चिकित्सा शिक्षा आयोगबाट जबर्जस्ती अवैध निर्णय गराउन खोजेको र उनी संरक्षित मेडिकल कलेजका सञ्चालक प्रसाईंले आफ्ना मिडिया संयोजकलाई आक्रमणको धम्की दिएको उल्लेख गरेका हुन्। सो घटनालाई उनले नागरिकमाथि हुने राज्य आतंकको नमुना भएको बताएका छन्।

डा. केसीले बीएण्डसीका सञ्चालक प्रसाईं प्रधानमन्त्री ओलीको आर्थिक र राजनीतिक साझेदार रहेको दाबी गर्दै उनको मेडिकल कलेजलाई गैरकानुनी रुपमा सम्बन्धन दिलाउन ओलीले अनेक हथकण्डा अपनाएको आरोप लगाएका छन्। ओलीले जबर्जस्ती चिकित्सा शिक्षा आयोगको बैठक राखेर अवैध निर्णय गर्न आयोगका सदस्यहरूलाई बाध्य पार्न खोजेको उनको जिकिर छ। उनले प्रधानमन्त्रीले नै अवैध कार्य गराउनु विधिको शासनविरुद्धको अक्ष्यम्य अपराध भएको उल्लेख गरे । 

उनले प्रधानमन्त्री ओलीको संरक्षण पाएपछि जस्तोसुकै अवैध काम गर्न सकिन्छ भन्ने विश्वासका कारण उक्त प्रस्तावित मेडिकल कलेजले २०७३ सालयता आशयपत्र नवीकरण पनि नगरेको बताएका छन्। चिकित्सा शिक्षा नियमावली, २०७७ अनुसार त्यसरी नवीकरण नगराएको आशयपत्र स्वतः रद्द हुने डा. केसीको भनाइ छ। 

उनले चिकित्सा शिक्षाको मर्यादा र संवेदनशीलता बुझेर निर्णय प्रक्रियामा संलग्न नहुन तथा त्यसलाई रोक्न चिकित्सा शिक्षा आयोगका सदस्यहरूलाई अपिल गर्दै त्यसो नगरिए जो कसैलाई पनि जवाफदेही बनाउन कदम चालिने चेतावनप्ी पनि दिएका छन्।

‘विज्ञप्तिमा डा. केसीले उल्लेख गरेका छन्, ‘नागरिकको स्वतन्त्रतापूर्वक बाँच्न पाउने अधिकार नै कुण्ठित गर्ने प्रधानमन्त्री ओली संरक्षित अपराधीहरुको यस्तो कर्तुतविरुद्ध लड्नु हामी सबै नागरिकको कर्तव्य हो ।’

प्रकाशित मिति: १६:०८ बजे, सोमबार, जेठ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्