नागरिकता अध्यादेशबारे महान्यायाधिवक्ता बडालको जिकिर– संविधानमा उल्लेख भएभन्दा एक अक्षर तलमाथि छैन
काठमाडौं, जेठ १० : सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेशबारे चौतर्फी विरोध भएपछि महान्यायाधिवक्ता रमेश बडालले आज (सोमबार) पत्रकार सम्मेलन गरेका छन् ।उनले त्यस क्रममा...
काठमाडौं, जेठ १० : सरकारले ल्याएको नागरिकतासम्बन्धी अध्यादेशबारे चौतर्फी विरोध भएपछि महान्यायाधिवक्ता रमेश बडालले आज (सोमबार) पत्रकार सम्मेलन गरेर त्यसबारे स्पष्ट पार्ने प्रयास गरेका छन्।
उनले त्यस क्रममा संविधान कार्यान्वयनका लागि अध्यादेश ल्याइएको तर संविधानमा उल्लेख भएभन्दा एक अक्षर तलमाथि नगरिएको जिकिर गरे।
महान्यायाधिवक्ता बडालले संविधानको धारा ११ मा भएको कुरा जस्ताको तस्तै अध्यादेशमा आउनुलाई राष्ट्रघात भन्न नकिल्ने तर्क गरे।केही पूर्वसांसदले समेत नागरिकता अध्यादेशलाई लिएर राष्ट्रघात भयो, फिजिकरण गर्न खोजियो भनेर सरकारको टिप्पणी गरेको प्रति उनले असन्तुष्टि जनाए।
महान्यायाधिवक्ता बडालले नेपालमा जन्मका आधारमा नागरिकता पाएका व्यक्ति १ लाख ९० हजार ७ सय २६ जना रहेको र उनीहरुको सन्तानले अहिलेसम्म नागरिकता पाउन नसकेको उल्लेख गरे।
यस्तै संसद विचाराधीन विधेयकमा विवाद रहेएकाले अहिलेको अध्यादेशमा वैवाहिक अंगीकृतको विषय समावेश नगरिएको उनले बताए।




-1790252522.jpg)




-1790252522.jpg)

