रिट दायर गर्न सर्वोच्च पुगे विपक्षी गठबन्धनमा नेताहरू
काठमाडौं, जेठ १० : विपक्षी गठबन्धनका नेताहरू रिट दायर गर्न सर्वोच्च अदालत पुगेका छन्। सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलमा छलफल सकेर विपक्षी गठबन्धनअन्तर्गत रहेका...
काठमाडौं, जेठ १० : विपक्षी गठबन्धनका नेताहरू प्रतिनिधिसभा विघटनविरुद्ध रिट दायर गर्न सर्वोच्च अदालत पुगेका छन्।
सिंहदरबारस्थित नेपाली कांग्रेसको संसदीय दलमा छलफल सकेर विपक्षी गठबन्धनअन्तर्गत रहेका पाँच दलका शीर्ष नेतासहित सांसदहरू सर्वोच्च अदालत पुगेका हुन्।
गत शुक्रबार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा दाबी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष १ सय ४९ सांसदको हस्ताक्षर बुझाइएको थियो। तर सोही दिन प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेकी थिइन्।
सर्वोच्च जानेमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एमाले वरिष्ठ नेता नेता माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका नेतालगायत सांसदहरू छन्।
रिटमा संविधानको धारा ७६ (५) अनुसार कांग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश माग गरिएको छ।
रिटमा प्रतिनिधिसभा विघटन गर्न सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय खारेज गर्न र संसद अधिवेशनको मिति तोक्न पनि परमादेश माग गरिएको छ।




-1790252522.jpg)




-1790252522.jpg)

