प्रतिनिधिसभा विघटनविरुद्ध रिट दर्ताका लागि सर्वोच्च अदालतमा भेला हुँदै विपक्षी गठबन्धनका सांसदहरू
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध रिट दायर गर्न विपक्षी गठबन्धनका सांसदहरू अहिले धमाधम सर्वोच्च अदालतमा भेला भइरहेका छन्।
काठमाडौं, जेठ १० : प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध रिट दायर गर्न विपक्षी गठबन्धनका सांसदहरू अहिले धमाधम सर्वोच्च अदालतमा भेला भइरहेका छन् ।
सिंहदरबारमा रिट निवेदनमा हस्ताक्षर, औंठाछाप र नागरिकता संकलनपछि उनीहरू सर्वोच्चमा भेला हुन थालेका हुन् ।
रिट निवेदनमा प्रतिनिधिसभाका बहुमत सांसदको हस्ताक्षर रहेको बताइएको छ ।
रिटमा कांग्रेस, माओवादी केन्द्र, जसपाको उपेन्द्र यादव–डा. बाबुराम भट्टराई पक्ष, एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल पक्ष र राष्ट्रिय जनामोर्चाका सांसदहरूको हस्ताक्षर छ ।
सर्वोच्च अदालत जानुअघि सबै दलका शीर्ष नेता सिंहदरबारमा बैठकमा छन् । बैठक सकेर उनीहरू सर्वोच्च जाने तयारीमा छन् ।
प्रकाशित मिति: १३:०४ बजे, सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1790252522.jpg)




-1790252522.jpg)

