‘गदगद्शाला’ युट्युबमा हेर्न सकिने
काठमाडौं, जेठ १० : निषेधाज्ञाका कारण घरमै बसिरहेका दर्शकलाई थोरै भएपनि मनोरञ्जन दिने उद्देश्यले नाटक ‘गदगद्शाला’ युट्युबमा मञ्चन भइरहेको छ। रंगकर्मी प्रल्हाद खरेलको...
काठमाडौं, जेठ १० : निषेधाज्ञाका कारण घरमै बसिरहेका दर्शकलाई थोरै भएपनि मनोरञ्जन दिने उद्देश्यले नाटककाे सेटमा खिचिएकाे टेलिचलचित्र ‘गदगद्शाला’ युट्युबमार्फत प्रदर्शन भइरहेको छ। रंगकर्मी प्रल्हाद खरेलको निर्देशनमा तयार भएको ‘गदगद्शाला’ आइतबारबाट युट्युबमा प्रदर्शन गरिएको हो।
केबी इन्टरटेनमेन्ट एण्ड ग्रुपको प्रस्तुति रहेको ‘गदगद्शाला’ ओएसआर डिजिटलबाट प्रदर्शन भइरहेको छ। निर्देशक खरेले नै खेलेको ‘गदगद्शाला’लाई निरज कँडेलले खिचेका छन्।
‘गदगद्शाला’मा प्रभाकर न्यौपान, राधा श्रेष्ठ, शासलिक भण्डारी, पुष्प अवस्थी, विश्वमणि घिमिरे, सरस्वती अधिकारी, पल्पसा ढकाललगायतका कलाकारले अभिनय गरेका छन्। गद्गद्शाला भुपेन्द्र खड्काले निर्माण गरेका हुन्।
निर्माता खड्काले दर्शकलाई विषम परिस्थितिमा थोरै भएपनि मनोरञ्जन दिन गद्गद्शाला युट्युबबाट प्रदर्शन गरिएको बताए । लकडाउनका कारण निम्तिएको समस्या र सर्वसाधरणका भोगाइ समेटिएको बताए ।
यता, निर्देशक खरेलले आफूहरुले एउटा प्रयोग गरेको बताए । गदगद्शाला नाटक र चलचित्रका दुवै दर्शकलाई मध्यनजर गरी बनाइएको फ्युजन काम भएको उनले बताए । यो प्रयोग सफल भए आगमी दिनमा पनि यसलाई निरन्तरता दिने बताए । उनले हरेक आइतबार युट्युबबाट गद्गद्शाला हेर्न सकिने बताए ।
पशुपतिप्रसाद, चपलीहाइटलगायतका ठूलापर्दाका फिल्म खिचिसकेका कँडेलले चलचित्रको दायाराभित्र बसेर नाटक खिच्दा नयाँ अनुभूति भएको बताए ।












