Kathmandu Press

स्वास्थ्यमन्त्रीको उपस्थितिमा ३ बजे भर्चुअल पत्रकार सम्मेलन हुँदै

काठमाडौं, जेठ १० : कोभिड-१९ संक्रमण व्यवस्थापन सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (सोमबार) अपराह्न ३ बजे पत्रकार सम्मेलनको आयोजना गर्दैछ।  स्वास्थ्य तथा जनसंख्यामन्त्री...
स्वास्थ्यमन्त्रीको उपस्थितिमा ३ बजे भर्चुअल पत्रकार सम्मेलन हुँदै

काठमाडौं, जेठ १० : कोभिड-१९ संक्रमण व्यवस्थापन सम्बन्धमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (सोमबार) अपराह्न ३ बजे पत्रकार सम्मेलनको आयोजना गर्दैछ।  

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीको उपस्थितिमा हुने उक्त पत्रकार सम्मेलनमा कोरोना संक्रमणकै विषयमा छलफल हुने जनाइएको छ।

देशभर कोरोना संक्रमणमा वृद्धि हुनुका साथै संक्रमितको मृत्युदरसमेत बढेको विषयलाई प्रथमिकतामा राखी त्यसको व्यवस्थापनका लागि के गर्ने भन्ने विषयमा छफफल गरि।न लागेको मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले जानकारी दिए।

पत्रकार सम्मेलन भर्चुअल विधि अपनाई जुममार्फत सम्पन्न गरिने डा. अधिकारीले बताए।

प्रकाशित मिति: १२:२३ बजे, सोमबार, जेठ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्