रिटमा हस्ताक्षर गर्न नेपाल समूहका सांसद सिंहदरबारमा
काठमाडौं, जेठ १० : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसद सिंहदरबारमा भेला भएका छन्।विपक्षी गठबन्धनले सर्वोच्चमा रिट दिने तयारी गरिरहँदा ती सांसदहरू हस्ताक्षरका...
काठमाडौं, जेठ १० : एमाले वरिष्ठ नेता माधवकुमार नेपाल समूहका सांसद सिंहदरबारमा भेला भएका छन्।
विपक्षी गठबन्धनले सर्वोच्चमा रिट दिने तयारी गरिरहँदा ती सांसदहरू हस्ताक्षरका लागि सिंहदरबारस्थित लेखा समितिको हलमा जम्मा भएका हुन्।
आज (सोमबार) कांग्रेस, माओवादी केन्द्र, एमाले नेपाल समूह, जसपा बाबुराम–उपेन्द्र पक्ष र राष्ट्रिय जनमोर्चाका सांसदले सर्वोच्चमा रिट दायर गर्दैछन्।
अरू दलका सांसदहरू हस्ताक्षर गरिसकेको भए पनि नेपाल समूहका तर्फबाट बाँकी रहेको जनाइएको छ। सोही कारण आइतबार सर्वोच्चमा रिट दायर हुन नसकेको जनाइएको छ।
प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत शुक्रबार मध्यरातमा संसद विघटन गरेपछि त्यसको व्यापक विरोध हुँदै आएको छ। त्यसैका विरुद्धमा विपक्षी गठबन्धनले १४९ जना सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा रिट दिन लागेको हो।
रिटमा धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित गरेको दाबी गर्दा नेकपा नेपाल समूहका २६ सांसदले हस्ताक्षर गरेका थिए।
माधव नेपाल, जिवनराम श्रेष्ठ, निरादेवी जैरु, लक्ष्मी चौधरी, बिरोध खतिवडा, सोमप्रसाद पाण्डे, रामकुमारी झाक्री, लक्ष्मी चौधरी, झपट रावल, सोमप्रसाद पाण्डेलगायत सांसद सिंहदरबार पुगेको जनाइएको छ।




-1790252522.jpg)




-1790252522.jpg)

