काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा थप्ने तयारी
काठमाडौं, जेठ १० : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि थप्ने तयारी भइरहेको छ।कोरोना संक्रमणको भयावह अवस्थामा खासै सुधार नआएपछि काठमाडौं उपत्यकाका तिनवटै जिल्लाले एक...
काठमाडौं, जेठ १० : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञालाई निरन्तरता दिने तयारी भइरहेको छ।
कोरोना संक्रमणको भयावह अवस्थामा खासै सुधार नआएपछि काठमाडौं उपत्यकाका तिनवटै जिल्लाले एक साताका लागि निषेधाज्ञा थप्ने तयारी गरेका हुन्। उपत्यकामा जारी निषेधाज्ञा जेठ १३ गतेसम्म कायमै हुनेछ।‘ त्यसभन्दा उताका लागि निषेधाज्ञा आदेश जारी गर्न लागिएको हो ।
अब थपिने निषेधाज्ञा अझ कडा हुने काठमाडौं जिल्ला प्रशासन स्रोतले जनाएको छ। खासगरी तरकारी पसलहरूमा ज्यादै भिडभाड हुन थालेकाले त्यसलाई कसरी नियन्त्रण गर्ने भनी छलफल चलिरहेको बताइएको छ। अहिले ‘तरकारी तथा खाद्यान्न पसल बिहान १० बजेसम्म खुल्ने गरेका छन्।
त्यस्तै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था, संवैधानिक निकायहरूलाई पनि कसरी व्यवस्थित गर्ने भनी गृह मन्त्रालयमा छलफल हुन लागेको काठमाडौं प्रशासनले जनाएको छ।
यहीबीचमा कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणसम्बन्धी अध्यादेश पनि जारी भइसकेको छ।




-1790252522.jpg)




-1790252522.jpg)

