ओलीले बोलाए एमाले स्थायी कमिटी बैठक
काठमाडौं, जेठ १० : नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले स्थायी कमिटीको बैठक बोलाएका छन्। उनले आज मध्याह्न १२ बजे प्रधानमन्त्री निवास...
काठमाडौं, जेठ १० : नेकपा (एमाले) अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले स्थायी कमिटीको बैठक बोलाएका छन्।
उनले आज मध्याह्न १२ बजे प्रधानमन्त्री निवास बालुवाटारमा स्थायी कमिटी बैठक बोलाएका हुन्। बैठकमा एमालेको आन्तरिक विवादका विषयमा छलफल हुने एक स्थायी कमिटी सदस्यले बताए।
यसअघि जेठ ८ गते एमाले स्थायी कमिटी बैठक बसेको थियो। बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको थियो।
स्पष्टीकरण सोधिएका नेपालसँगै झलनाथ खनाल, भीम रावल, मुकुन्द न्यौपाने, रामकुमारी झाँक्री, कल्याणी खड्का, सरला यादव, पुष्पा कर्ण, लक्ष्मी चौधरी, कलिला खातुन र निरा जैरुलाई आज बिहानसम्म स्पष्टीकरण बुझाउन समय दिइएको थियो।
आजको स्थायी कमिटी बैठकमा त्यस विषयमा छलफल र निर्णय हुने जनाएको छ।
प्रकाशित मिति: १०:०६ बजे, सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1790252522.jpg)




-1790252522.jpg)

