महोत्तरीको मटिहानी नाकामा सशस्त्र प्रहरी र भारतीय व्यापारीबीच झडप
महोत्तरी, जेठ १० : महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा सशस्त्र प्रहरी र भारतीय व्यापारीबीच झडप भएको छ।आइतबार राति भएको सशस्त्र प्रहरी...
महोत्तरी, जेठ १० : महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित नेपाल–भारत सीमा नाकामा सशस्त्र प्रहरी र भारतीय व्यापारीबीच झडप भएको छ।
आइतबार राति भएको सशस्त्र प्रहरी र भारतीय व्यापारीबीचको नौ जना घाइते भएका छन् । घाइतेमध्ये १ जना सशस्त्र प्रहरी र ८ जना भारतीय व्यपारी रहेको बताइएको छ ।
आइतबार राति ८ बजे ५०÷६० जना जतिको समूहमा आएका भारतीय व्यपारीको समूहले २ नं. बोर्डरमा खटिएका प्रहरीहरुमाथि ढुंगामुढा गरेपछि झडप भएको बोर्डर आउट पोष्ट मटिहानीलेज जनाएको छ।
भारतीय व्यापरीको ढुंगामुढाबाट ड्युटीमा खटिएका सशस्त्र प्रहरी जवान विवेक ढकालको टाउको फुटेको छ । सो समूहले कोरोना परीक्षणका लागि बनाइएका सहायता कक्षसमेत तोडफोड गरिदिएको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: ०९:५९ बजे, सोमबार, जेठ १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











-1790332718.jpg)