Kathmandu Press

भारतमा आउन लागेको चक्रवातको नेपालमा पनि प्रभाव पर्ने

काठमाडौं, जेठ १० : बंगालको खाडी नजिकै विकसित हुन लागेको चक्रवाताको नेपालमा पनि प्रभाव पर्ने जनाएको छ। जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी...
भारतमा आउन लागेको चक्रवातको नेपालमा पनि प्रभाव पर्ने

काठमाडौं, जेठ १० : बंगालको खाडी नजिकै विकसित हुन लागेको चक्रवाताको नेपालमा पनि प्रभाव पर्ने जनाएको छ। 

जल तथा मौसम विज्ञान विभागले विशेष बुलेटिन जारी गर्दै बंगालको खाडीमा विकसित भइरहेको चक्रवाताको प्रभाव नेपालमा पनि पर्ने जनाएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार ‘यास’ नाम दिइएको चक्रवात अहिले विकसित हुने क्रममा रहेको छ। 

यो मंगलबारसम्म शक्तिशाली बन्ने जनाएको छ। यो एक सय ८५ किलोमिटर प्रतिघण्टाका दरले आउने जनाएको छ। यसको असर भारतको पश्चिम बंगाल र उडिसा क्षेत्रमा पर्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन्। 

यसका चक्रवातका कारण नेपालमा पनि मंगलबारदेखि वर्षा हुनसक्ने विभागले जनाएको छ। यसको प्रभाव पूर्वि नेपालमा पर्ने विभागको आकलन छ। 

यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

जेठ १० गते दिउँसो: पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र तराईका भू–भागमा आंशिक बदली रहने छ। प्रदेश १ का पहाडी भू–(भागका थोरै स्थान र बाकी प्रदेशका पहाडी भू–भागका एक दुइ स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

रातीः प्रदेश १, बाग्मती, तथा प्रदेश २ मा सामान्य बदली र बाकी भू–भागमा आंशिक बदली रहने छ। प्रदेश नं १, बाग्मती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू–भागका एक दुइ स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।

जेठ ११ गते दिउँसोः प्रदेश १, बाग्मती, गण्डकी तथा प्रदेश २ मा सामान्य बदली र बाकी भू(भागमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका पहाडी भू(भागका थोरै स्थान र बाकी प्रदेशका पहाडी भू–(भागका एक दुइ स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।बागमती प्रदेश र प्रदेश १ का उच्च हिमालीरपहाडी भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपातरवर्षा को सम्भावना रहेको छ।

रातिः प्रदेश १, प्रदेश २, बाग्मती तथा गण्डकी प्रदेशमा सामान्य बदली र बाकी भू–भागमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ।।बागमती प्रदेश र प्रदेश १ का उच्च हिमाली र पहाडी भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात र वर्षा को सम्भावना रहेको छ।

जेठ १२ गते दिउँसोः प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी तथा लुम्बिनी प्रदेश सामान्य बदली र बाकी भू–भागमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका थोरै स्थानहरूमा र बाकी प्रदेशका एक दुइ स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १ को एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेश र प्रदेश १ का उच्च हिमालीरपहाडी भूभागका केही स्थानहरूमा हल्कादेखि मध्यम हिमपात र वर्षा को सम्भावना रहेको छ।

रातीः प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्य बदली र सुदुरपश्चिम प्रदेशमा आंशिक बदली रहने छ। प्रदेश १, प्रदेश २, बाग्मती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।गण्डकी, बागमती र प्रदेश १ का उच्च हिमाली र पहाडी भूभागका केही स्थानहरूमा हल्का देखि मध्यम हिमपात र वर्षा को सम्भावना रहेको छ।

प्रकाशित मिति: ०८:४४ बजे, सोमबार, जेठ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्