इपिएलको अन्तिम दिन : लिभरपुल र चेल्सी च्याम्पियन्स लिगमा, लेस्टर असफल
काठमाडौं, जेठ १० : प्रिमियर लिगको अन्तिम चरणको खेलसँगै प्रिमियर लिगबाट च्याम्पिन्स लिगमा छनोट हुने टिमको टुंगोल लागेको छ। प्रियिमर लिगबाट च्याम्पियन्स लिगमा छनोट...
काठमाडौं, जेठ १० : प्रिमियर लिगको अन्तिम चरणको खेलसँगै प्रिमियर लिगबाट च्याम्पिन्स लिगमा छनोट हुने टिमको टुंगोल लागेको छ। प्रियिमर लिगबाट च्याम्पियन्स लिगमा छनोट हुने अन्तिम दुई टिम लिभपुर र चेल्सी रहे। म्यान्चेस्टस सिटी र म्यान्चेस्टर युनाइटेड यसअघि नै च्याम्पियन्स लिगका लागि छनोट भइसकेका छन्।
अन्तिम खेलमा क्रिस्टल प्यालेसलाई २–० ले हराउँदै ६९ अंकका साथ तेस्रो हुँदै लिभरपुलले लिग सकायो। यता पराजयका बाबजुद पनि चेल्सी लिगको चौथो स्थानमा रह्यो। अर्को खेलमा लेस्टर सिटी पराजित भएपछि त्यसको फाइदा चेल्सीलाई भयो। दुवैको समान अंक भए पनि गोलअन्तमा माथि रहँदै चेल्सी च्याम्पियन्स लिगका लागि छानियो।
मानेको गोलमा लिभरपुल विजयी, चेल्सी भिल्लासँग पराजित
क्रिस्टल प्यालेसविरुद्ध लिभरपुललाई जित दिलाउन दुवै गोल साडियो मानेले गरे। उनले ३६ औं मिनेटमा रोबर्टो फिर्मिन्होको पासमा गोल गर्दै लिभपुललाई सुरुआती अग्रता दिलाए। यस्तै ७४औं मिनेटमा मोहम्मद सलाहको पासमा गोल गर्दै मानेले लिभरपुललाई २–० को अग्रता दिलाए।
यसैगरी लन्डन क्लब चेल्सी एस्टन भिल्लासँग २–१ ले पराजित भयो। भिल्लाको मैदानमा भएको खेलमा उसलाई जित दिलाउन ब्रेट्रान्ड ट्राउरे र अनवर इल गाजीले गोल गरे भने चेल्सीका बेन चिलवेलले गोल गरे।
ट्राउरेले ४३औं मिनेटमा गोल गर्दै एस्टन भिल्लालाई सुरुआती अग्रता दिलाए। ५२औं मिनेटमा गाजीले पेनाल्टीमा गोल गर्दै भिल्लालाई अग्रता दोब्बर बनाए। जर्गिन्होले ट्राउरेलाई डिबक्समा लडाएपछि भिल्लाले पेनाल्टी पाएको थियो।
७०औं चिलवेलले क्रिस्टियन पुलुसिचको पासमा गोल गर्दै अग्रता घटाउने प्रयास गरे। त्यसपछि गोल नहुँदा चेल्सी पराजित भयो। चेल्सीले खेल १० खेलाडीमा रहेर अन्त्य गरेको थियो। उसका कप्तान सेसार एलप्लिजिक्वेटा ८९औं मिनेटमा सिधै रातोकार्ड पाउँदै मैदान छाड्न बाध्य भए।
तर, चेल्सीलाई यो हार त्यति महँगो भने भएन। टोटनह्यामसँग लेस्टर सिटी पराजित भएपछि चौथो हुँदै च्याम्पियनस लिगमा छानियो।
लेस्टर च्याम्पियन्स लिगमा छानिएन, जितपछि पनि टोटनह्याम युरोपा लिगबाट बाहिरियो
टोटनह्यामसँग ४–२ ले पराजित भएपछि लेस्टरको अर्को सिजन च्याम्पियन्स लिग खेल्ने समना अधुरै रह्यो। आइतबार राति घरेलु मैदान २ पटक लिएको अग्रता जोगाउन असफल भएपछि लेस्टर चेल्सीसँग गोलअन्तरमा पछि पर्दै च्याम्पियन्स लिगमा छनोट हुन असफल भयो।
यता जितका बाबजुद पनि टोनटह्याम युरोपा लिगमा छनोट हुन असफल भयो। ६२ अंकका साथ सातौं स्थानमा रह्यो। प्रिमियर लिगबाट लेस्टर सिटी र वेस्टह्याम युरोपा लिगका लागि छनोट भए।
टोटनह्यामको जितमा गेराथ बेलले २ गोल गरे भने ह्यारी केनले एक गोल गरे। अर्को गोल आत्मघाती भएको थियो। लेस्टरका दुवै गोल जेमी भार्डीले गरे।
भार्डीले १८औं र ५२ मिनेटमा पेनाल्टीमा गोल गरेका थिए। टोटनह्यामका लागि ह्यारी केनले ४१औं, बेलले ८७ र इन्जुरी समयको छैठौं मिनेटमा गोल गरेका थिए। ७६औं मिनेटमा लेस्टकार कास्पर स्माइकलले आफ्नै पोस्टमा गोल गरे।
अन्तिम खेलमा सिटीको सानदार जित
तीन खेल अगावै च्याम्पियन बनिसकेको सिटीले लिगको अन्तिम खेलमा सानदार जित निकाल्यो। अन्तिम खेलमा सिटीले एभर्टनमाथि ५–० को जित निकाल्यो। सिटीको जितमा सर्जियो अगुएरोले २ गोल गरे भने केभिन डे ब्रुयन, ग्याब्रियल जेसुस र फिल फोडेनले एकएक गोल गरे।
यो अगुएरोको प्रिमियर लिगमा अन्तिम खेल हो। सिजनको अन्त्यसँगै अगुएरो बार्सिलोना जाँदै छन्। सिटीका सर्वाधिक गोलकर्ता अगुएरोले एभर्टनविरुद्ध २ गोल गर्दै प्रिमियर लिगमा एउटै क्लबका लागि सर्वाधिक गोल गर्ने कीर्तिमान बनाए। सिटीमा १० सिजन बिताउँदा उने १८४ गोल गरेका छन्।
यस्तै अन्य खेलमा म्यान्चेस्टर युनाइटेडले वुल्भ्सलाई २–१ ले हरायो भने वेस्टह्यामले साउथह्याम्पटनलाई ३–० ले हरायो। लिड्स युनाइटेडले वेस्टब्रमुलाई ३–० ले, आर्सनलले ब्राइनटलाई २–० ले र न्यकासलले फुलहमलाई २–० ले हरायो।











