Kathmandu Press

अध्यादेश जारी भएपछि तराई-मधेशमा खुशियाली

राजविराज, जेठ १० : नेपाल नागरिकता (पहिलो संशोधन), २०७८  अध्यादेश जारी भएका खुशीयालीमा राजविराजमा मैनबत्ती प्रज्वलन गरिएको छ। संसद्मा नागरिकता विधेयकका रुपमा पेश भएको र...
अध्यादेश जारी भएपछि तराई-मधेशमा खुशियाली

राजविराज, जेठ १० : नेपाल नागरिकता (पहिलो संशोधन), २०७८  अध्यादेश जारी भएका खुशीयालीमा राजविराजमा मैनबत्ती प्रज्वलन गरिएको छ। 

संसद्मा नागरिकता विधेयकका रुपमा पेश भएको र विचाराधीन रहेको अवस्थामा अध्यादेश जारी भएपछि खुशीयालीमा राजविराजसहित विभिन्न ठाउँमा स्वागत गरिएको छ। गजेन्द्रनारायण सिंहको शालिक रहेको राजविराजस्थित गजेन्द्र चोक र शहीद दशनचोकमा जनता समाजवादी पार्टी नेपालका नेताहरुले मैनबत्ती प्रजवलन गरेका छन्। 

कार्यक्रममा महन्थ ठाकुर र राजेन्द्र महतो समर्थित जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवसहित जिल्लाका नेताको सहभागिता थियो। जसपाको मूल मागका रूपमा रहेको नागरिकतासम्बन्धी अध्यादेश जारी भएकोे खुशियाली मनाइएको जिल्ला समन्वय समितिका प्रमुख यादवले बताए।

यसैगरी राष्ट्रिय एकता अभियानले पनि मैनबत्ती प्रज्वलन गरी खुशीयाली मनाएको छ। नागरिकतासम्बन्धी अध्यादेशले जन्मसिद्ध नागरिकका छोराछोरीलाई वंशजको नागरिकता दिने र बाबुको पहिचान नभएका नेपाली महिलाका सन्तान र जन्मसिद्धका छोराछोरीलाई वंशजको नागरिकता दिने व्यवस्था गरेको कानून, न्याय तथा संसदीयमामिलामन्त्री लीलानाथ श्रेष्ठले बताए।

संविधानले नै जन्मसिद्धका सन्तानलाई वंशजका आधारमा नागरिकता दिने व्यवस्था गरेबमोजिम संविधानले प्रत्याभूत गरेका अधिकारबाट नागरिकलाई वञ्चित गर्नु हुँदैन भनेर अध्यादेश ल्याउनु उपयुक्त भएको नेकपा (एमाले)का नेता अशोक यादवले बताए। (रासस)

प्रकाशित मिति: ०६:३१ बजे, सोमबार, जेठ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्