Kathmandu Press

एमाले बाग्मतीका १४ सांसदले बुझाए स्पष्टीकरण

काठमाडौं, जेठ १० : नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय बोर्डले स्पष्टीकरण सोधेका बाग्मती प्रदेश सभा सदस्यले स्पष्टीकरण बुझाएका छन्। स्पष्टीकरण सोधिएका सबै प्रदेश सभा सदस्यले...
एमाले बाग्मतीका १४ सांसदले बुझाए स्पष्टीकरण

काठमाडौं, जेठ १० : नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय बोर्डले स्पष्टीकरण सोधेका बाग्मती प्रदेश सभा सदस्यले स्पष्टीकरण बुझाएका छन्। 

स्पष्टीकरण सोधिएका सबै प्रदेश सभा सदस्यले एकमुष्टरुपमा स्पष्टीकरण बुझाएको एमाले बाग्मती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले जानकारी दिए। बोर्डले नेत्री अष्टलक्ष्मी शाक्यसहित माधवकुमार नेपाल पक्षका १४ प्रदेश सभा सदस्यहरूलाई स्पष्टीकरण माग गरेको थियो।  

प्राप्त स्पष्टीकरणको अध्ययन गर्ने र चित्तबुझ्दो नभए पार्टी विधानानुसार कारबाही गरिने मुख्य सचेतक निरौलाले बताए। ‘उहाँहरूलाई कारबाही गर्ने सम्पूर्ण अधिकार बोर्डले अध्यक्ष तथा मुख्यमन्त्री डोरमणि पौडेललाई दिएको छ,’ उनले भने।

बोर्डको शनिबारको बैठकले शाक्यसहित राजेन्द्रप्रसाद पाण्डे, अरुणप्रसाद नेपाल, रचना खड्का, कुसुमकुमार कार्की, मुनु सिग्देल, वसुन्धरा हुमागाईँ, लक्ष्मण लम्साल, इन्द्रमाया गुरुङ, कृष्णप्रसाद खनाल, वसन्तप्रसाद मानन्धर, शान्तिराम पौडेल, पार्वती सिलवाल र मीना ज्ञवालीलाई स्पष्टीकरण माग गरेको थियो। 

प्रकाशित मिति: ०६:१० बजे, सोमबार, जेठ १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्