प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा २२ वटा रिट
काठमाडौं, जेठ ९ : प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा २२ वटा रिट पेस भएका छन्।कुनै पनि...काठमाडौं, जेठ ९ : प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा २२ वटा रिट पेस भएका छन्।
कुनै पनि नागरिकले सार्वजनिक सरोकारको विषयमा रिट लिएर अदालत जान अधिकार प्रयोग गरेर कानुन व्यवसायीहरूले आइतबार ती रिट पेस गरेका हुन्।
अधिवक्ता सन्तोष भण्डारी, किर्तिनाथ शर्मा पौडेल, वीरभद्र जोशी, बद्रीराज भट्टसहितका कानुन व्यवसायीले रिट पेस गरेका हुन् । सर्वोच्च प्रशासनको अध्ययनपछि रिट दर्ता हुने बताइएको छ।
राष्ट्रपति भण्डारीद्वरा गरिएको प्रतिनिधिसभा विघटन यो दोस्रोपटक हो। यसअघि प्रधानमन्त्री ओलीकै सिफारिसमा उनले गत पुस ५ गते प्रतिनिधसभा विघटन गरेकी थिइन् । तर फागुन ११ गते सर्वोच्च अदालतले त्यसलाई बदर गरिदिएको थियो।
प्रकाशित मिति: १७:२० बजे, आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1790252522.jpg)




-1790252522.jpg)

