थप ७९१४ जनामा कोरोना संक्रमण पुष्टि, १९३ काे मृत्यु
गत २४ घण्टामा देशभर ७९१४ जना संक्रमित थपिएका छन् भने १९३ जनाको मृत्यु भएको छ ।
काठमाडौं, जेठ ९ : गत २४ घण्टामा देशभर ७९१४ जना संक्रमित थपिएका छन्। यस्तै १९३ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
काठमाडौं उपत्यकामा २८२१ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये भक्तपुरमा ३६६, ललितपुरमा ६९४ र काठमाडौंमा १७६१ जना रहेका छन् ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा ७६६४ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
प्रकाशित मिति: १६:३५ बजे, आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1790252522.jpg)




-1790252522.jpg)

