Kathmandu Press

मनाङ्गेले दोस्रो पटक लिए सपथ

पोखरा, जेठ ९ : गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुद मन्त्री दीपक मनाङ्गे (राजीव गुरुङ)ले आइतबार पद तथा गोपनीयताको सपथ लिएका छन्।गण्डकी प्रदेशका मुख्यमन्त्री...
मनाङ्गेले दोस्रो पटक लिए सपथ

पोखरा, जेठ ९ : गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुद मन्त्री दीपक मनाङ्गे (राजीव गुरुङ)ले आइतबार पद तथा गोपनीयताको सपथ लिएका छन्।

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मनङ्गेलाई वैशाख १६ गते समाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्री बनाएका थिए।

वैशाख २६ गते मुख्यमन्त्री गुरुङले राजीनामा दिएसँगै ११ दिनमै  मनङ्गेको मन्त्री पद गुमेको थियो । वैशाख २९ गते ठूलो दलको नेताको हैसियतमा गुरुङ फेरि मुख्यमन्त्रीमा बाहाली भएपछि जेठ ५ मा मनाङलाई खेलकुद मन्त्रीमा दोहोर्‍याएका थिए।

मुख्यमन्त्री गुरुङले ५ गते नै किरण गुरुङ, रामशरण बस्नेत, विकास लम्साल, नरदेवी पुन र मनाङ्गेलाई  फेरि मन्त्री नियुक्त गरेका थिए । मनाङ्गेले ५ गते पोखरा बाहिर रहेकाले सपथ लिएका थिएनन्।

प्रकाशित मिति: १४:५७ बजे, आइतबार, जेठ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्