Kathmandu Press

विघटनविरुद्ध सर्वोच्चमा पेस गर्न तयार भयो विपक्षीको रिट

काठमाडौं, जेठ ९ : विपक्षी दलहरुको गठबन्धनले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गर्न रिट तयार पारेका छन्।प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएका संसद...
विघटनविरुद्ध सर्वोच्चमा पेस गर्न तयार भयो विपक्षीको रिट

काठमाडौं, जेठ ९ : विपक्षी दलहरुको गठबन्धनले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गर्न रिट तयार पारेका छन्।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएका संसद विघटनविरुद्ध विपक्षी गठबन्धनका १ सय ४९ सांसदको हस्ताक्षरसहित सर्वोच्च अदालतमा आज (आइतबार) रिट दायर गर्न लागिएको हो।

रिटमा धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १ सय ४९ सांसदको हस्ताक्षरसहित गरेको दाबी वैधानिक रहेको दाबी गरिएको छ।

त्यस्तै प्रतिनिधिसभा विघटन गर्ने सरकारको सिफारिस खारेज गरी संसद् अधिवेशन बोलाउन अन्तरिम आदेश पनि माग गरिएको कांग्रेसका एक केन्द्रीय नेताले बताए। उनका अनुसार देउवालाई प्रधानमन्त्री नियुक्तिका लागि परमादेश पनि माग गरिएको छ।

रिटको मस्यौदा तयार गर्न कांग्रेस नेता लेखक, नेकपा माओवादी केन्द्रका नेता देव गुरुङ, कानुन व्यवसायीहरु सतीशकृष्ण खरेल, योगेन्द्र कार्की, गोविन्द बन्दी, मुक्ति प्रधान संलग्न भएका थिए

हस्ताक्षर संकलन भइसकेकाले केही बेरमै अदालत जाने बताइएको छ।

प्रकाशित मिति: १४:२२ बजे, आइतबार, जेठ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्