रोल्पामा भेटियो ९७० थान गोलीसँगै २५ थान म्यागजिन
रोल्पा, जेठ ९ : रोल्पाको त्रिवेणी गाउँपालिका-२ रामपुरनजिकै सामुदायिक वनमा ९ सय ७० राउन्ड गोली फेला परेको छ। बाँसघारीमा प्लास्टिकमा बेरेर राखिएको अवस्थामा...
रोल्पा, जेठ ९ : रोल्पाको त्रिवेणी गाउँपालिका-२ रामपुरनजिकै सामुदायिक वनमा ९ सय ७० राउन्ड गोली फेला परेको छ। बाँसघारीमा प्लास्टिकमा बेरेर राखिएको अवस्थामा ती गोली शनिबार बेलुका फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ।
प्रहरीका अनुसार एके ४७ मा प्रयोग हुने गोली ७ सय ५२ थान, ७.६२ मिमी हतियारको गोली २ सय ८ थान र ९ एमएमको गोली १० राउन्ड गरी ९ सय ७० राउन्ड गोली बरामद भएको छ ।
गोलीसँगै एसएमजीमा प्रयोग हुने म्याग्जिन २३ थान, एम १६ को म्याग्जिन एक थान, एलएमजी म्याग्जिन एक थान गरी २५ थान म्याग्जिन पनि बरामद भएको प्रहरीको भनाइ छ। सबै गोली र म्याग्जिन प्रयोग गर्न योग्य रहेको बताइएको छ।
स्थानीयको सुराकीका आधारमा प्रहरी त्यहाँ पुगेर हेर्दा ठूलो मात्रामा गोली बरामद भएको र त्यहाँ थप गोली हुन सक्ने आशंकामा खोजी भइरहेको रोल्पा प्रहरीले जनाएको छ।
गत वर्ष त्रिवेणी-७ मा बेवारिसे बम विस्फोटमा परी चार बालकको मृत्यु भएको थियो। सोही साल रोल्पाको जंगलमा लुकाएर राखिएको अवस्थामा ठूलो परिमाणमा हतियार नेपाली सेनाले फेला पारेको थियो।




-1790252522.jpg)




-1790252522.jpg)

