संसद् विघटनविरुद्ध रिट हाल्न सिंहदरबारमा सांसदकाे हस्ताक्षर संकलन
विपक्षी गठनबन्धनले कांग्रेसभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा हस्ताक्षर गर्ने १४९ सांसदहरुलाई सिंहदरबार बोलाएर हस्ताक्षर संकलन सुरु गरिएको छ।
काठमाडौं, जेठ ९ : गत शुक्रबार मध्यरात गरिएको संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्न विपक्षी दलहरुले सांसदहरुको हस्ताक्षर संकलन सुरु गरेका छन्।
विपक्षी गठनबन्धनले कांग्रेसभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा हस्ताक्षर गर्ने १४९ सांसदहरुलाई सिंहदरबार बोलाएर हस्ताक्षर संकलन सुरु गरिएको छ।
पार्टीका आधारमा सांसदहरुको छुट्टा छुट्टै हस्ताक्षर संकलन गरिँदै छ। सबैको हस्ताक्षर संकलन गरेर संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट हाल्ने तयारी विपक्षी गठबन्धनको छ।
प्रकाशित मिति: १२:१७ बजे, आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1790252522.jpg)

-1790252522.jpg)