Kathmandu Press

एसियन कुराशमा नेपालले जित्यो कास्य पदक

काठमाडौं, असार ४ : थाइल्याण्डको पतया सहरमा भएको छैटौं एशियन यु–२० जुनियर कुराश च्याम्पियनसिपमा नेपाल कास्य पदक जित्न सफल भएको छ।

....

एसियन कुराशमा नेपालले जित्यो कास्य पदक

काठमाडौं, असार ४ : थाइल्याण्डको पतया सहरमा भएको छैटौं एशियन यु–२० जुनियर कुराश च्याम्पियनसिपमा नेपाल कास्य पदक जित्न सफल भएको छ।

महिला ५७ केजी तौल समूहमा कृति शर्माले नेपालका लागि कास्य दिलाएकी हुन्। ८ राष्ट्रको प्रतिस्पर्धा रहेको ५७ केजी तौलको सेमिफाइनलमा शर्मा कुराश खेलका लागि निकै नै राम्रो मानिने उज्वेकिस्तानकी खेलाडी मामासाहेवा इरोदासँग पराजित भएको संघकी महासचिव प्रतिक्षा खरेलले जानकारी दिइन्।

प्रतियोगितामा सहभागी हुन शर्मासहित विपल तुलाधर र शेरबहादुर घर्ती पनि थाइल्याण्डमा छन्। बाँकी खेलाडीहरुको प्रतिस्पर्धा बिहीबार हुने महासचिव खरेलले जानकारी दिइन्।

यसैबीच, प्रतियोगिताकै दौरान भएको एसियन कुराश महासंघको कंग्रेसमा नेपाल कुराश संघकी महासचिव प्रतिक्षा खरेलले सहभागिता जनाएकी छिन्।

प्रकाशित मिति: १८:५२ बजे, बुधबार, असार ४, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्