नेपाल समूहका विद्यार्थी नेताले दिए नयाँ दल दर्ताका लागि निवेदन
माधव नेपाल समूहका विद्यार्थी नेता जीवन राईले नयाँ दल दर्ताको निवेदन दिएका छन् ।
काठमाडौं, जेठ ९ : निर्वाचन आयोगमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत) दर्ता भएको छ। माधव नेपाल समूहका विद्यार्थी नेता जीवन राईले नयाँ दल दर्ताको निवेदन दिएका छन् ।
उनको दल नेकपा एकीकृतमा कल्पना गुरुङ उपाध्यक्ष, विनोद खुलाल महासचिव, ऐनविक्रम कुँवर सचिव र सुशील खनाल कोषाध्यक्ष बनेका छन्। पार्टीको चुनाव चिह्न कलम राखिएको छ।
वैशाख ७ गते दल दर्ताको निवेदन दिए पनि प्रमाणपत्र पाउन बाँकी रहेको छ।
शनिबार बसेको एमालेको नेपाल पक्षको स्थायी कमिटी बैठकमा पनि अर्को पार्टी खोल्ने विषयमा छलफल भएको थियो।
सरकार हटाउने खेलमा लागेको भन्दै एमालेका अध्यक्ष केपी ओलीले बरिष्ठ नेता झलनाथ खनाल र नेपालसहित ११ जनालाई स्पष्टिकरणसमेत सोधेका छन्।
प्रकाशित मिति: ११:४२ बजे, आइतबार, जेठ ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1790252522.jpg)




-1790252522.jpg)

