Kathmandu Press

जसपाले महन्थ र राजेन्द्रसहित चार नेतालाई स्पष्टीकरण सोध्ने

 काठमाडौं, चैत ९ : जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीका चार नेतालाई स्पष्टीकरण सोध्‍ने निर्णय गरेको छ। पार्टी निर्णयविपरीत प्रधानमन्त्री केपी ओली...
जसपाले महन्थ र राजेन्द्रसहित चार नेतालाई स्पष्टीकरण सोध्ने

 काठमाडौं, चैत ९ : जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारिणी समितिको बैठकले पार्टीका चार नेतालाई स्पष्टीकरण सोध्‍ने निर्णय गरेको छ। 

पार्टी निर्णयविपरीत प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको संसद् विघटन गर्ने असंवैधानिक कदमलाई साथ दिएको भन्दै जसपाले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई स्पष्टीकरण सोध्‍ने निर्णय गरेको हो । 

५१ जनाको केन्द्रीय कार्यकारिणी समिति रहेको जसपाको ३१ जना सदस्यहरू बैठकमा उपस्थित भएको जनाइएको छ। पार्टीभित्रको विवादका कारण जसपा यतिबेला दुई समूहमा विभाजित रहेको छ।

पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष ओलीविरुद्धको गठबन्धनमा सहभागी भइरहेका छन् भने अर्का अध्यक्ष ठाकुरलगायत नेताहरू ओलीको पक्षमा लागिरहेका छन्।

उनीहरूले साथ दिएकै कारण ओलीले संसद् विघटन गरेको निष्कर्ष जसपाको केन्द्रीय कार्यकारिणी समितिले निकालेको छ। यस्तै, शनिबार बिहान अन्य पाँच दलसँग भएको सहमतिअनुसार संसद् विघटनविरुद्ध कानुनी र राजनीतिक प्रतिवादमा उत्रिने जसपाको निर्णय छ।

प्रकाशित मिति: १०:०७ बजे, आइतबार, जेठ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्