Kathmandu Press

राजेन्द्र महतोलाई संसदीय दलको नेता नमान्ने जसपाको निर्णय

काठमाडौं, जेठ ९ : जनता समाजवादी पार्टी (जसपा)ले राजेन्द्र महतोलाई संसदीय दलका नेता नमान्ने निर्णय गरेको छ। शनिबार काठमाडौंमा बसेको अध्यक्ष उपेन्द्र यादव पक्षका बहुमत...
राजेन्द्र महतोलाई संसदीय दलको नेता नमान्ने जसपाको निर्णय

काठमाडौं, जेठ ९ : जनता समाजवादी पार्टी (जसपा)ले राजेन्द्र महतोलाई संसदीय दलको नेता नमान्ने निर्णय गरेको छ।

शनिबार काठमाडौंमा बसेको अध्यक्ष उपेन्द्र यादव पक्षका बहुमत केन्द्रीय सदस्यको बैठकले महतोलाई संसदीय दलको नेता नमान्ने निर्णय गरेको हो। शुक्रबार अर्का अध्यक्ष महन्थ ठाकुर सहितका सांसदको बैठकले महतोलाई संसदीय दलको नेता चयन गरेको थियो। 

त्यो निर्णय एकलौटी ढंगले भएको जनाउँदै केन्द्रीय कार्यकारिणी समितिको बैठकले अस्वीकार गर्ने निर्णय गरेको हो। संसदीय दलको विधान नभएको र पार्टीको निर्वाचन समिति नबनेकाले अवैध तवरले दलको नेता चयन गरेको यादव पक्षको भनाइ छ। 

यससँगै पार्टीको विधान उल्लंघन गर्ने नेताहरूलाई कारबाही समेत गर्ने कार्यकारिणी समितिको बैठकले निर्णय गरेको जनाएको छ। बैठकले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद् विघटनविरुद्ध विपक्षी दलसँग सहकार्य गर्ने पनि निर्णइ भएको अध्यक्ष यादवले बताए। 

अध्यक्ष ठाकुरको अनुपस्थितिमै जसपा केन्द्रीय कार्यकारिणी समिति बैठक बसेको थियो। यसअघि शुक्रबार ठाकुरले विज्ञप्ति जारी गरि बैठकमा सहभागी नहुन केन्द्रीय सदस्यलाई निर्देशन समेत दिएका थिए।

प्रकाशित मिति: ०६:२३ बजे, आइतबार, जेठ ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्