माधव नेपालसहित ११ जनालाई स्पष्टीकरण सोध्ने एमालेको निर्णय
एमाले स्थायी समिति बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
काठमाडौं, जेठ ८ : एमाले स्थायी समिति बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित ११ नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको स्थायी समिति बैठकले उक्त निर्णय गरेको हो ।
यसअघि २७ जना सांसदलाई एमालेले स्पष्टीकरण सोधेको थियो । यस्तै, चारजना नेतालाई ६ महिनाका लागि पार्टी सदस्यबाटै निलम्बन गरेको थियो । एकताका संवादको शृंखला सुरु भएपछि उक्त कारवाही फिर्ता लिइएको थियो ।
पार्टीविरुद्ध गएर विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने पार्टीका २६ मध्ये ११ सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय एमालेले गरेको हो ।
नेपालसहित वरिष्ठ नेता झलनाथ खनाल, उपाध्यक्ष भीम रावल, मुकुन्द न्यौपाने, निरा जैरू, रामकुमारी झाँक्री, सरला यादव, पुष्पाकुमारी कर्ण, कलिना खान, लक्ष्मीकुमार चौधरी र कल्याणी खड्कालाई स्पष्टीकरण सोध्ने निर्णय गरिएको हो ।




-1790252522.jpg)




-1790252522.jpg)

