Kathmandu Press

 थपिए ८९८० कोरोना संक्रमित, १२९ जनाको मृत्यु 

१९३५७ पीसीआर परीक्षणमा ८५९१ जना र ७४८ एन्टिजेन परीक्षणमा ३८९ जनामा संक्रमण पुष्टि भएको हो ।
 थपिए ८९८० कोरोना संक्रमित, १२९ जनाको मृत्यु 

काठमाडौं, जेठ ८ : पछिल्लो २४ घण्टामा ८९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । 

१९३५७ पीसीआर परीक्षणमा ८५९१ जना र ७४८ एन्टिजेन परीक्षणमा ३८९ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै कोरोना संक्रमणबाट १२९ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा ८८४८ जना कोरोना  संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । 

मन्त्रालयका अनुसार यो संख्या एकै दिन संक्रमणमुक्त हुने अहिलेसम्मकै धेरै संख्या हो ।

हाल देशभर सक्रिय संक्रमित १ लाख १५ हजार ८०६ जना रहेका छन् ।

प्रकाशित मिति: १७:१७ बजे, शनिबार, जेठ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्