Kathmandu Press

अमेरिकाले उपलब्ध गराएको पहिलो खेप स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं, जेठ ८ : अमेरिकाले उपलब्ध गराएको स्वास्थ्य सामाग्रीको पहिलो खेप शनिबार काठमाडौं आइपुगेको छ । अमेरिकी कार्गो बिमानले ती स्वास्थ्य सामग्री काठमाडौं ल्याएको...
अमेरिकाले उपलब्ध गराएको पहिलो खेप स्वास्थ्य सामग्री काठमाडौं आइपुग्यो

काठमाडौं, जेठ ८ : अमेरिकाले उपलब्ध गराएको स्वास्थ्य सामग्रीको पहिलो खेप शनिबार काठमाडौं आइपुगेको छ । अमेरिकी कार्गो विमानले ती स्वास्थ्य सामग्री काठमाडौं ल्याएको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अमेरिकी सहयोग नियोग युएसएड र अमेरिकी दूतावासका प्रतिनिधिले स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमलाई सामग्री हस्तान्तरण गरे ।

अमेरिकाले उपलब्ध गराएको कोरोना महामारीविरुद्धका स्वास्थ्य सामग्रीमा सर्जिकल मास्क, फेस सिल्ड र ग्लोब्स संलग्न छन् । 

युएसएडले आइतबार १००० थान अक्सिजन सिलिन्डर प्रदान गर्ने तयारी गरेको छ। परराष्ट्र मन्त्रालयका अनुसार दुईदिनभित्र अमेरिकी कार्गो विमानले थप दुई खेप सामान ल्याउनेछ।

प्रकाशित मिति: १६:३८ बजे, शनिबार, जेठ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्