Kathmandu Press

मुलुकलाई असफल पारेर संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भयो : खनाल

काठमाडौं, जेठ ८ : प्रधानमन्त्री केपी ओलीको सिफारिसमा शुक्रबार मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको प्रतिनिधिसभा विघटनलाई लिएर चौतर्फी रूपमा प्रतिक्रियाहरू आइरहेका छन्।यसैक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका...
मुलुकलाई असफल पारेर संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने षड्यन्त्र भयो : खनाल

काठमाडौं, जेठ ८ : प्रधानमन्त्री केपी ओलीको सिफारिसमा शुक्रबार मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको प्रतिनिधिसभा विघटनलाई लिएर चौतर्फी रूपमा प्रतिक्रियाहरू आइरहेका छन्।

यसैक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रपति र प्रधानमन्त्रीबाट मुलुकलाई असफल पारेर राष्ट्रिय स्वाधीनता र संघीय लोकतान्त्रिक गणतन्त्र समाप्त पार्ने खालको षड्यन्त्र भएको बताएका छन्। यो कदम कदापि क्षम्य नहुने उनको भनाइ छ। यसकारण आफूले राष्ट्रपति र प्रधानमन्त्रीको सो कदमको विरोध गरिरहेको खनालले बताएका छन्।

यसप्रकारको संविधान विरोधी, प्रतिगामी तानाशाही कदमको घोर भर्त्सना गर्ने बताउँदै उनले त्यसको प्रतिवादका लागि सबै देशभक्त, संघीय लोकतान्त्रिक गणतन्त्र पक्षधरहरुलाई एकजुट हुन आह्वान गरेका छन्।

प्रकाशित मिति: १३:५१ बजे, शनिबार, जेठ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्