अहिलेको संसदीय व्यवस्था जनतासँग मेल नखाने हाम्रो पार्टीको धारणा सही साबित भयो : विप्लव
.jpg)
काठमाडौं, जेठ ८ : नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले आफ्नो पार्टीले २०७३ सालदेखि राख्दै आएको धारणा अहिले सही साबित भएको बताएका छन् ।
प्रतिनिधिसभा विघटन र मध्यावधि चुनावको विषयमा पार्टीको धारणा सार्वजनिक गर्दै आज (शनिबार) उनले आफ्नो पार्टीले अहिलेको संसदीय व्यवस्था नेपाली जनताको चाहना र आवश्यकतासँग मेल नखाने भन्दै आफ्नो पार्टीको निष्कर्ष अहिले सही साबित भएको बताएका हुन् ।
‘२०७३ साल देखि दलाल पूँजीवादी सत्ता र संसदीय व्यवस्था नेपाली जनताको चाहना र आवश्यकतासँग मेल खादैन, यो सफल हुँदैन भन्ने हाम्रो पार्टीको निष्कर्ष सही सावित भएको छ’, विप्लवको विज्ञप्तिमा भनिएको छ, ‘शान्ति, स्थिरता एवं समृद्धिको नारामा जनताबाट लगभग दुई तिहाइको मतसहित बनेको नेकपा र केपी ओली शर्माको सरकार चल्न नसक्नु, असफल भएर मध्यावधि चुनावमा जानुपर्ने बाध्यता आएको छ । यो कुनै व्यक्ति, पार्टी र सरकारको मात्र समस्या नभएर संसदीय व्यवस्थाकै समस्या हो।’
यो सत्ता र व्यवस्थाको संकटलाई सरकारको मात्र असफलता बताएर फेरि पनि संसदीय व्यवस्थाकै चुनाव घोषणा गर्नु भनेको समस्यालाई समाधान गर्ने नभई देशलाई झन् ठूलो अन्तर्विरोध र संकटमा धकेल्ने चाल मात्र हुने तर्क उनले गरेका छन्।
विप्लवले संसदीय व्यवस्थाको संकटको निकास निर्विकल्प रुपले वैज्ञानिक समाजवाद मात्र हुने भन्दै आज पार्टीको मत जनताको माग र चाहनासँग जोडिएको पनि बताएका छन् ।
आजको विशिष्ट स्थितिमा वैज्ञानिक समाजवाद या दलाल पुँजीवाद रोज्ने अधिकार जनमतसंग्रहद्वारा जनतालाई दिनु ठीक हुने विप्लवको भनाइ छ।





-1790252522.jpg)




-1790252522.jpg)

