संसद विघटन प्रतिगमनको दोस्रो शृङ्खला : जसपा अध्यक्ष यादव
काठमाडौं, जेठ ८ : जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले र प्रधानमन्त्री केपी ओलीको सिफारिसमा शुक्रबार मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको प्रतिनिधिसभा विघटनलाई...
काठमाडौं, जेठ ८ : जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादवले र प्रधानमन्त्री केपी ओलीको सिफारिसमा शुक्रबार मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा गरिएको प्रतिनिधिसभा विघटनलाई प्रतिगमनको दोस्रो शृङ्खलाको संज्ञा दिएका छन्।
यसअघि गत पुस ५ गते प्रतिनिधिसभा विघटनगरिएको थियो । तर सार्वोच्च अदालतले फागुन २३ गते प्रतिनिधिसभा पुनःस्थापना गरेको थियो। अध्यक्ष यादवले संवैधानिक व्यवस्थामाथि धावा बोल्दै देशलाई प्रतिगमनतर्फ धकेल्ने राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीविरुद्ध सबै अग्रगामी शक्ति एक भएर उभिने बताए।
प्रतिगमनकारीलाई साथ दिने व्यक्तिलाई पनि जनताले पहिचान गरिसकेको उल्लेख गर्दै जनताले त्यसको हिसाब किताब लिने उनको भनाइ थियो। उनले प्रधानमन्त्री ओलीले सुरुदेखि नै संघीयता र गणतन्त्र नरुचाएको आरोप लगाए । राष्ट्रपति र प्रधानमन्त्रीले चालेको कदमबारे पार्टीमा छलफल हुने र कसरी अगाडि बढ्ने भन्ने निर्णय लिइने उनले बताए।
आज (शनिबार) जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिको बैठक बस्दैछ। जसपा अध्यक्षद्वय महन्थ ठाकुर र यादवको सहमतिमा जेठ ८ र ९ गतेका लागि सो बैठक बोलाइएको थियो । तर हिजो (शुक्रबार) मात्र अध्यक्ष ठाकुरले एकपक्षीय रूपमा सूचना जारी गरेर बैठक स्थति गरेका थिए । लगत्तै अर्का अध्यक्ष यादवले पनि विज्ञप्ति जारी गरेर बैठक निर्धारित समयमा बैठक हुने जानकारी गराएका थिए।




-1790252522.jpg)




-1790252522.jpg)

