Kathmandu Press

१४९ सांसद नै कानूनी लडाइँमा बढ्छौँः गगन थापा

कांग्रेस युवा नेता गगन थापाले वैकल्पिक सरकारको प्रस्तावमा हस्ताक्षर गरेका एक सय १४९ सांसदले प्रतिनिधिसभा विघटनविरुद्ध कानूनी लडाइँ छेड्ने उद्घोष गरेका छन् ।
१४९ सांसद नै कानूनी लडाइँमा बढ्छौँः गगन थापा

काठमाडौं, जेठ ८ : कांग्रेस युवा नेता गगन थापाले वैकल्पिक सरकारको प्रस्तावमा हस्ताक्षर गरेका एक सय १४९ सांसदले प्रतिनिधिसभा विघटनविरुद्ध कानूनी लडाइँ छेड्ने उद्घोष गरेका छन् ।

सामाजिक सञ्जालमार्फत प्रतिनिधिसभा विघटनविरुद्ध धारणा सार्वजनिक गर्दै थापाले आफ्नो संवैधानिक हकका लागि अदालतमै उभिएर कानूनी लडाइँ लड्न तयार रहनुपर्ने बताएका हुन् ।

‘१४९ सांसदको संविधानको धारा ७६ (५) बमोजिमको दाबीलाई संसद्मा परीक्षण नै नगरी राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको बर्खिलाफ गरेको निर्णयविरुद्ध हामी अदालत गएनौँ भने त फागुन ११ को सर्वोच्च अदालतकै फैसलाको अपमान हुन्छ,’ थापाले लेखेका छन्, ‘अतः राजनीतिक लडाइँसँगै हामी १४९ सांसद हाम्रो संवैधानिक हकको लागि अदालतमै उभिएर कानूनी लडाइँ लड्न तयार रहनुपर्छ ।’
 

प्रकाशित मिति: ११:२८ बजे, शनिबार, जेठ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्