जनताको जीवन रक्षा गुर्नपर्ने बेला मध्यरामा लोकतन्त्रमाथि प्रहार भयो : नेता सिंह
काठमाडौं, जेठ ८ : नेपाली कांग्रेसका नेता प्रकाशमान श्रेष्ठले कोरोना महामारीका बेला देशको प्राथमिकता जनताको जीवन रक्षा हुनु पर्नेमा मध्यरातमा संसद् विघटन गर्दै मध्यावधि...
काठमाडौं, जेठ ८ : नेपाली कांग्रेसका नेता प्रकाशमान श्रेष्ठले कोरोना महामारीका बेला देशको प्राथमिकता जनताको जीवन रक्षा हुनु पर्नेमा मध्यरातमा संसद् विघटन गर्दै मध्यावधि निर्वाचनको घोषणा गर्नु संविधान र लोकतन्त्रमाथि प्रहार भएको बताएका छन्।
संविधानको धारा ७३ (५) अनुसार सरकार गठन हुन सकेपछि शुक्रबार राति राष्ट्रपछि विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि निर्वाचनको घोषणा गरेकी थिइन् । त्यसोविरोध गर्दै नेता सिंहले कसैको सनक र अहंकारको मूल्य देशले चुकाउन नसक्ने बताए ।
सामाजिक सञ्जालमा फेसबुकमा स्टाटस लेख्दै नेता सिंहले संविधान र लोकतन्त्रमाथिको यो प्रहारलाई नेपाली जनताले क्षमा नगर्ने बताएका छन् । ‘अहिले हाम्रो प्राथमिकतामा ती जनताको जीवनरक्षामा हुनुपर्ने थियो । तर, एउटा अविवेकी व्यक्ति कुन हदसम्म जान सक्छ भन्ने कुरा मध्यरातका कुकृत्यले उदांगो पारेको छ,’ नेता सिंहले लेखेका छन, ‘अक्सिजन सिलिन्डर खोजिरहेका, अस्पतालमा शैय्या अभावमा छट्पटाइरहेका जनताको जीवनलाई बेवास्ता गर्दै प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको कदमलाई नेपाली जनताले क्षमा गर्ने छैनन् ।’
नेता सिंहले ५ वर्षका लागि निर्वाचित गरेको संसद भंग गरेर यो महामारीको बेलामा जनताको जीवन बचाउन होइन मत माग्न मानवीयताले नदिने बताउँदै यो निकृष्ट कर्म भएको बताएका छन् ।




-1790252522.jpg)




-1790252522.jpg)

