Kathmandu Press

१४९ जना सांसद नै रिट लिएर अदालत जाने तयारीमा

बैठकमा हिजो (शुक्रबार) देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १४९ जनाकै तर्फबाट अदालतमा रिट हाल्नेबारे छलफल हुनेछ।
१४९ जना सांसद नै रिट लिएर अदालत जाने तयारीमा

काठमाडौं, जेठ ८ : नेपाली कांग्रेससहित विपक्षी पाँच दलको बैठक बानेश्वरमा बस्ने भएको छ। ११ बजेपछि बस्ने बैठकमा पछिल्लो घटनाक्रमबारे छलफल हुने नेताहरुले बताएका छन् ।

बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेससहित, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एमालेको माधव नेपाल समूह र राष्ट्रिय जनमोर्चाका नेताहरु सहभागि हुने जनाइएको छ।

नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलका अनुसार बैठकमा हिजो देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गरेका १४९ जनाकै तर्फबाट अदालतमा रिट हाल्नेबारे छलफल हुनेछ।

प्रधानमन्त्री केपी ओलीको सिफारिसमा शुक्रबार मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेकी थिइन्। दोस्रोपटक प्रतिनिधिसभा विघटन गरी भण्डारीले कात्तिकमा पहिलो र मंसिरमा दोस्रो चरणको चुनाव घोषणा गरेकी छन्।
 

प्रकाशित मिति: १०:४७ बजे, शनिबार, जेठ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्