Kathmandu Press

माधव नेपालले भने- प्रतिगमन भाग-२ हो, डटेर प्रतिवाद गर्न आह्वान गर्दछु

नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले संसद् विघटनलाई प्रतिगमन भाग–२ भनेका छन्। उनले यसको प्रतिवाद गर्न आह्वान गरेका छन्। 
माधव नेपालले भने- प्रतिगमन भाग-२ हो, डटेर प्रतिवाद गर्न आह्वान गर्दछु

काठमाडौं, जेठ ८ : नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले संसद् विघटनलाई प्रतिगमन भाग–२ भनेका छन्। उनले यसको प्रतिवाद गर्न आह्वान गरेका छन्। 

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरि मध्यावधि चुनाव घोषणा गरेकी छिन्। यसलाई नेपालले भाग २ भनको हुन्। उनले भनेका छन्, ‘यो प्रतिगमन भाग–२ हो। केपी ओलीको यो कदमको भर्त्सना गर्दछु। यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु।’

पूर्वप्रधानमन्त्री नेपालले सामाजिक सञ्जालमार्फत यसको विरोध गरेका छन्। उनले प्रतिगमत दोहोरिएको बताएका छन्। नेपालले भनेका छन्, ‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको छ। प्रतिगमन दोहोरिएको छ।’

उनले चुनावको घोषणालाई जालझेल भनेका छन्। ‘संविधानका मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले भएको कथित चुनावको उदघोष जालझेल हो। यो व्यवस्था नै ‘कू’ गर्ने अग्रसरता हो।’

उनले यसमा राष्ट्रपति विद्यादेवी भण्डारी संलग्न भएको बताएका छन्। नेपालले भनेका छन्, ‘शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ।

प्रकाशित मिति: ०९:०५ बजे, शनिबार, जेठ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्