कांग्रेसले बोलायो पदाधिकारी बैठक
काठमाडौं, जेठ ८ : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गराएपछि नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर...
काठमाडौं, जेठ ८ : प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गराएपछि नेपाली कांग्रेसले पदाधिकारी बैठक बोलाएको छ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेर कात्तिक र मंसिरमा चुनाव घोषणा गरेकी छिन्। यस विषयमा छलफल गर्न कांग्रेसले अहिले ९ बजे पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएको हो।
बिहान ९ बजे कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बुढानीलण्ठकमा पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्न लागेको हो।
राष्ट्रपति र प्रधानमन्त्रीको कदमबारे छलफल हुने र आवश्यक रणनीति बनाउन बैठक बोलाइएको कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बताए।
प्रकाशित मिति: ०८:३६ बजे, शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1790252522.jpg)





-1790252522.jpg)
