प्रधानमन्त्री र राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्, प्रतिकार गरौं : गगन थापा
नेपाली कांग्रेसका नेता गगन थापालो प्रधानमन्त्री र राष्ट्रपतिले मुलुकलाई अँध्यारो सुरुङमा हालेको बताएका छन्।
काठमाडौं, जेठ ८ : नेपाली कांग्रेसका नेता गगन थापालो प्रधानमन्त्री र राष्ट्रपतिले मुलुकलाई अँध्यारो सुरुङमा हालेको बताएका छन्।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार मध्यराति संसद् विघटन गरि कात्तिक र मंसिरमा चुनाव घोषणा गरेकी छिन्। यसलाई नेता थापाले मुलुकलाई अँध्यारो सुरुङमा हाल्ने काम गरेको बताएका हुन्।
थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्।’
उनले राष्ट्रपति र प्रधानमन्त्री ओलीले संविधानको हुर्मत लिएको बताएका छन्। थापाले भनेका छन्, ‘खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो, न संसद! विघटन, पुनर्थापित संसदको अपमान, विश्वासको मतको नाटक, ७६ (३)को सरकार गठन, विश्वास लिनुको सट्टा ७६ (५) को आह्वान, अनुकुल नभएपछि फेरि विघटन! कस्तो सेटिङ! प्रकृया त देखाउन मात्र थियो, यीनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो। लिए।’
उनले नेताहरूलाई आग्रह गर्दै राष्ट्रपति र प्रधानमन्त्रीको गलत कार्य अझै नरोकिने बताएका छन्। ‘महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिने वाला छैनन्,’ थापाले भनेका छन्, ‘नेतागण१नअलमलिउँ,खुट्टा नकमाऔं,सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं।’
सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्।महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती
— Gagan Thapa (@thapagk) May 22, 2021
जोडी यहिं र यत्तिमै रोकिने वाला छैनन्
नेतागण!नअलमलिउँ,खुट्टा नकमाऔं,सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं।




-1790252522.jpg)





-1790252522.jpg)
