Kathmandu Press

मध्यावधि चुनाव होइन, संविधान खारेज गर्ने प्रपञ्च होः डा. भट्टराई

काठमाडौं, जेठ ८ : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान खारेज गर्ने प्रपञ्ज...
मध्यावधि चुनाव होइन, संविधान खारेज गर्ने प्रपञ्च होः डा. भट्टराई

काठमाडौं, जेठ ८ : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रपति र प्रधानमन्त्री मिलेर संविधान खारेज गर्ने प्रपञ्ज गरेको बताएका छन्। 

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार राति प्रतिनिधिसभा विघटन गरि कात्तिक २६ र मंसिर ३ गते चुनाव घोषणा गरेकी छिन्। यसलाई डा. भट्टराईले षडयन्त्र भनेका छन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘भित्री/बाहिरी प्रतिगामी शक्तिहरूको षडयन्त्र/सेटिंगमा गत पुस ५ बाट जुन अलोकतान्त्रिक,असंवैधानिक, प्रतिक्रान्तिकारी हर्कत शुरू भएको थियो, त्यसैको कडी हो।’

उनले यसलाई संविधान खारेज गर्ने प्रपञ्ज भएको बताएका छन्। डा. भट्टराईले भनेका छन्, ‘यो ओली–विद्या कुकर्म१ यो कुनै मध्यावधि चुनाव हैन, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधान खारेज गर्ने प्रपंच हो।’

पूर्वप्रधानमन्त्री डा. भट्टराईले यसको प्रतिवाद गर्न आग्रह गरेका छन्। उनले भनेका छन्, ‘एकजुट होऊॅसप्रतिवाद गरौं’
 

प्रकाशित मिति: ०७:४९ बजे, शनिबार, जेठ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्