Kathmandu Press

राष्ट्रपतिले संविधान च्यात्ने काम गरिन् : लेखक

काठमाडौं, जेठ ८ : नेपाली कांग्रेसका नेता रमेश लेखकले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पदको मर्यादा समाप्त गर्दै संविधान च्यात्ने काम गरेको बताएका छन्। शुक्रबार मध्यराति...
राष्ट्रपतिले संविधान च्यात्ने काम गरिन् : लेखक

काठमाडौं, जेठ ८ : नेपाली कांग्रेसका नेता रमेश लेखकले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पदको मर्यादा समाप्त गर्दै संविधान च्यात्ने काम गरेको बताएका छन्। 

शुक्रबार मध्यराति राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने निर्णय गरेकी छिन्। उनले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते निर्वाचत तोकेकी छिन्। 

यसको विरोध गर्दै कांग्रेस नेताा लेखकले संविधान च्यात्ने काम गरिएको बताएका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘राष्ट्रपतिजीले फेरि आफ्नो पदको सम्मान, मर्यादा र गरिमा समाप्त गर्दै संविधान च्यात्ने काम गरिन्। यिनबाट गणतन्त्र र लोकतन्त्रको संरक्षण हुन सक्दैन।’

शुक्रबार कांग्रेस सभापति देउवाले १४९ जना सांसदको हस्ताक्षरसहित प्रधानमन्त्रीका लागि दाबी पेश गरेका थिए। त्यस्तै, ओलीले १५३ सांसद रहेको भन्दै दाबी गरेका थिए। 

तर, राष्ट्रपतिले दुवैको दाबी नपुग्ने भन्दै कसैलाई पनि प्रधानमन्त्री नियुक्त गरिनन्। उनले प्रतिनिधिसभा विघटन गरेकी हुन्। 

प्रकाशित मिति: ०६:४६ बजे, शनिबार, जेठ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्