मध्यरातमा डकैती गरियो : पुन
काठमाडौं, जेठ ८ : नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य वर्षमान पुनले प्रधानमन्त्रीका लागि दाबी पुगेन भनेर राष्ट्रपतिबाट आएको निर्णयलाई ‘मध्यरातको डकैती’ भनेका छन्। शुक्रबार...
काठमाडौं, जेठ ८ : नेकपा (माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य वर्षमान पुनले प्रधानमन्त्रीका लागि दाबी पुगेन भनेर राष्ट्रपतिबाट आएको निर्णयलाई ‘मध्यरातको डकैती’ भनेका छन्।
शुक्रबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले सरकार गठनका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीको दाबी नपुगेको भन्दै प्रधानमन्त्री नियुक्त गर्न नमिल्ने निर्णय गरेपछि पुनले ‘मध्यरातको डकैती’ भनेका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘मध्यरातमा डकैती गरियो, ज्ञानेन्द्र शाहले पनि शुक्रबार र मध्यरात नै रोज्ने गर्थे।’
राष्ट्रपतिले मध्यराति प्रतिनिधिसभा विघटन गरेकी छिन्। उनले कात्तिक २६ र मंसिर ३ गते मध्यावति चुनावको मिति घोषणा गरेकी छिन्।
प्रकाशित मिति: ०६:३६ बजे, शनिबार, जेठ ८, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1790252522.jpg)






