Kathmandu Press

मध्यरातमा प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मंसिर ३ मा चुनाव घोषणा

राष्ट्रपति विद्यादेवी भण्डारीले कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभा निर्वाचनको घोषणा गरेकी छिन्। 
मध्यरातमा प्रतिनिधिसभा विघटन, कात्तिक २६ र मंसिर ३ मा चुनाव घोषणा
मन्त्रिपरिषद् बैठक। फाइल तस्वीर।

काठमाडौं, जेठ ८ : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरी मध्यावति चुनाव घोषणा गरेकी छिन्।

कामचलाउन प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा गरेको सिफारिशका आधारमा राष्ट्रपतिले संसद भंग गर्दै मध्यावधि चुनाव घोषणा गरेकी हुन्। 

संविधानको धारा ७६ (५) अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परेको दुबै दाबीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले अस्वीकार गरे लगतै प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यरातमा आकस्मिक मन्त्रिपरिषद्को बैठक बोलाएर यस्तो निर्णय गरेका हुन्।

राष्ट्रपतिले कात्तिक २६ र मंसिर ३ गते प्रतिनिधिसभा निर्वाचनको घोषणा गरेकी छिन्। 

प्रकाशित मिति: ०१:०९ बजे, शनिबार, जेठ ८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्