Kathmandu Press

अब सपथ लिदाँ ‘प्रतिज्ञा गर्छु’ शब्द भन्नु नपर्ने 

काठमाडौं, जेठ ७ : सरकारले जारी गरेको सपथसम्बन्धी अध्यादेश मार्फत ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द हटाईएको छ ।तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री केपी...
अब सपथ लिदाँ ‘प्रतिज्ञा गर्छु’ शब्द भन्नु नपर्ने 

काठमाडौं, जेठ ७ : सरकारले जारी गरेको सपथसम्बन्धी अध्यादेश मार्फत ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्द हटाईएको छ ।

तेस्रो कार्यकालका लागि प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिने क्रममा भन्न अस्वीरका गरेको ‘प्रतिज्ञा गर्छु’ शब्दलाई अध्यादेशमार्फत हटाइएको हो ।

प्रधानमन्त्री ओलीले राष्ट्रपतिसमक्ष प्रधानमन्त्री पदको सपथ लिँदा ‘त्यो पर्दैन’ भन्दै ‘प्रतिज्ञा गर्दछु’ भन्ने शब्द भन्न अस्वीकार गरेका थिए । ओलीले ‘प्रतिज्ञा गर्छु’ भन्न अस्वीकार गरेकोमा विवाद भएपछि सरकारले सपथसम्बन्धी अध्यादेश जारी गरेको हो ।

यस्तै अध्यादेशमा सपथ लिने व्यक्तिले ईश्वरको वा देश र जनताको भन्ने शब्दमध्ये एउटा कुन शब्द प्रयोग गर्ने हो भन्ने बारेमा शपथ अघि नै जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ ।
 

प्रकाशित मिति: २१:०६ बजे, शुक्रबार, जेठ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्