योगेश भट्टराईले छाडे खनाल नेपाल समूह, निर्णायक समर्थन ओलीलाई
काठमाडौं, जेठ ७ : एमाले नेता एवम् सांसद योगेश भट्टराईले खनाल नेपाल समूह छोडेका छन्। नेकपा विवाद मिलाउनुपर्छ भन्ने धारणा राख्दै आएका भट्टराईले...
काठमाडौं, जेठ ७ : एमाले नेता एवम् सांसद योगेश भट्टराईले खनाल नेपाल समूह छोडेका छन्। नेकपा विवाद मिलाउनुपर्छ भन्ने धारणा राख्दै आएका भट्टराईले नयाँ सरकार गठनको निर्णायक दिन नेपालको साथ छाडेका हुन् ।
पार्टीभित्र देखिएको अन्तरविरोधमा वरिष्ठ नेता खनाल र नेपाल समूहमा रहेका नेता भट्टराईले शुक्रबारदेखि यो समूह छोडेका हुन्। संविधानको धारा ७६ को उपधारा ५ अन्तरगतको सरकार गठनका लागि कांग्रेस सभापति शेरबहादुर देउवाको पक्षमा भट्टराईले हस्ताक्षर गरेनन् ।
उनले सामाजिक सञ्जालमा स्टाटस राख्दै नेपाल समूह छोडेको संकेत गरेका छन्। पार्टी एकतालाई जोगाउन सकिन्छ कि, भनेर यस्तो निर्णय गरेको समेत उनले उल्लेख गरेका छन्।
उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘मेरो राजनीतिक जीवन कै सबैभन्दा कठिन दिन आज । नेकपा एमालेको एकतालाई जोगाउन सकिन्छ कि भन्ने आशाले मैले आजको निर्णय लिएको हुँ । सही गरेकी, गलत गरेँ इतिहासको कठोर मूल्याङ्कनमा खडा छु।




-1790252522.jpg)






