प्रधानमन्त्रीले बहुमत छ भनेर दाबी गर्दा दुनियाँ हाँसेको छ : प्रवक्ता शर्मा
काठमाडौं, जेठ ७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ‘बहुमत छ’ भनेर प्रधानमन्त्रीले फेरि दाबी गर्दा दुनियाँ हांसेको बताएका छन् ।प्रधानमन्त्री...
काठमाडौं, जेठ ७ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले ‘बहुमत छ’ भनेर प्रधानमन्त्रीले फेरि दाबी गर्दा दुनियाँ हांसेको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिनुपर्ने प्रावधानलाई मिचेर सिधै बहुमतको प्रधानमन्त्री दाबी गरेपछि शर्माले ट्वीटर मार्फत यस्तो टिप्पणी गरेका हुन् ।
उनले लेखेका छन्, ‘बहुमत छैन भनेर विश्वासको मतबाट भागेका प्रधानमन्त्रीले ‘बहुमत छ’ भनेर फेरि दाबी गर्दा दुनियाँ हाँसेको छ ! लाज स्वयं लजाएको छ ’ शर्माले ट्वीटरमा लेखेका छन्, ‘राष्ट्रपति महोदया ! सतिसालको शीरमा हुनुपर्ने यहाँप्रतिको श्रद्धा बकैनाको फेदमा झरिसक्यो ! अलमलको गोलमालमा संस्थाको गरिमा ओह्रालो अझै कति लगाउनु हुन्छ ?’
प्रकाशित मिति: १९:२३ बजे, शुक्रबार, जेठ ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार




-1790252522.jpg)





