Kathmandu Press

देउवालाई समर्थन गरेका माधव पक्षका २६ सांसदलाई कारबाही गर्ने एमालेको निर्णय 

काठमाडौं, जेठ ७ : नेकपा एमालेले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदलाई कारवाही गरेको छ ।उनीहरुलाई दलको साधारण सदस्य समेत...
देउवालाई समर्थन गरेका माधव पक्षका २६ सांसदलाई कारबाही गर्ने एमालेको निर्णय 

काठमाडौं, जेठ ७ : नेकपा एमालेले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने २६ जना सांसदलाई कारवाही गरेको छ ।

उनीहरुलाई दलको साधारण सदस्य समेत नरहने गरी कारबाही गर्ने निर्णय गरेको सूचना राष्ट्रपति कार्यालय पठाएको हो।  

शुक्रबार संविधानको धारा ७६ (५) अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १४९ सांसदको हस्ताक्षरसहित राष्ट्रपति कार्यालयमा बुझाएकोमा एमालेको माधवकुमार नेपाल पक्षका २६ सांसदले पनि हस्ताक्षर गरेका थिए ।

प्रकाशित मिति: १९:०९ बजे, शुक्रबार, जेठ ७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्